दफा १००
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
: (१) रजिष्ट्रारले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र सहकारी संस्थाको निरीक्षण सम्बन्धी वार्षिक प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्नु पर्नेछ र सहकारी बैङ्कको निरीक्षण प्रतिवेदन नेपाल राष्ट्र बैङ्क समेतलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) कार्यालयले आर्थिक वर्ष समाप्त भएको मितिले एक महिनाभित्र आफ्नो कार्यक्षेत्र भित्रको संस्था वा सङ्घको वार्षिक प्रतिवेदन रजिष्ट्रार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको प्रतिवेदनमा देहायका विवरणहरू खुलाउनु पर्नेछ:–
(क) सञ्चालनमा रहेका सहकारी संस्थाको विवरण,
(ख) अनुगमन गरिएका सहकारी संस्थाको सङ्ख्या तथा आर्थिक कारोबारको विवरण,
(ग) सहकारी संस्थामा सहकारी सिद्धान्त र यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा आन्तरिक कार्यविधिको पालनाको अवस्था,
(घ) सहकारी संस्थाका सदस्यले प्राप्त गरेको सेवा सुविधाको अवस्था,
(ङ) सहकारी संस्थाको क्रियाकलापमा सदस्यको सहभागिताको स्तर अनुपात,
(च) सहकारी संस्थाको आर्थिक क्रियाकलाप तथा वित्तीय अवस्था सम्बन्धी तोकिए बमोजिमका विवरण,
(छ) सहकारी संस्थामा आन्तरिक नियन्त्रण प्रणालीको अवस्था,
(ज) सहकारी संस्थामा सुशासन तथा जिम्मेवारीको अवस्था,
(झ) सहकारी संस्थामा रहेका कोषको विवरण,
(ञ) सहकारीको नीति निर्माणमा सहयोग पुग्ने आवश्यक कुराहरू,
(ट) सहकारी संस्थाको दर्ता, खारेजी तथा विघटन सम्बन्धी विवरण,
(ठ) संस्था वा सङ्घले सञ्चालन गरेको दफा २१ बमोजिमको कारोबार, व्यवसाय, उद्योग वा परियोजनाको विवरण,
(ड) तोकिए बमोजिमका अन्य विवरण ।